जेठ ०५, २०८१, शनिबार
               

कनकाईले बस्ती कटान गर्दा पाँच घर विस्थापित

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

झापा– केही दिनदेखिको निरन्तर वर्षाका कारण कनकाई नदीमा आएको बाढीले नदी छेउका बस्ती कटान गर्दा झापा शिवसताक्षी नगरपालिका वार्ड नं १० सुकुम्बासी बस्तीका पाँच घर विस्थापित भएका छन् ।

शिवसताक्षी १० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसहरको परिवारलाई सुरक्षित स्थानमा सारेर राहत वितरण गरिएको नेपाल रेडक्रस झापा शाखाले जनाएको छ ।

उनीहरूलाई प्रत्येक घरलाई दुई/दुई वटा त्रिपाल दिएर चौरमा राखिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

उनले भने, ‘नदी बस्ती पस्न थालेको छ। कटान जारी छ। यस्तै बर्षा भइरहने हो भने केही घन्टामा एक दर्जन भन्दा बढी घर परिवार विस्थापित हुने अवस्थामा छन् ।’

शुक्रबारदेखि झापामा निरन्तर वर्षा भइरहेको छ। पहाडमा पनि वर्षा भइरहेकाले नदीहरूमा पानीको बहाव बढिरहेको छ ।

पूर्व-पश्चिम राजमार्ग दक्षिणका क्षेत्रमा केही सडक अवरुद्ध भएको तर डबान भएर स्थानीयबासी विस्थापित भने भएका छैनन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका पदाधिकारी तथा स्वयंसेवक तथा प्रहरी अहिले विपद व्यवस्थापनमा खटिएका छन् ।

मेचीनगर नगरपालिका वडा नं ७ मा निन्दाखोलाले मलामी घर कटान गरेको छ। कटान जारी रहे धेरै गाउँ डुबानमा पर्ने सम्भावना रहेको ढकालले बताए ।


कस्तो लाग्यो ?

यो पनि