असोज ०६, २०८१, आइतबार
               

काठमाडौंका २ जनासहित थप ३ जनाको मृत्यु : काेरोनाबाट मर्नेकाे संख्या ३८ पुग्यो

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडौं । काेराेनाबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तीनै जनाको मृत्यु काठमाडौंमा भएको हो । यो सँगै मृतकको संख्या ३८ पुगेको छ।

गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो। 

गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मिर्गौलाको समेत समेत समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । १७ गते कोरोना पुष्टि भएका उनको २६ गते उपचारकै क्रममा मृत्यु भएको हो ।

 त्यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको सिनामंगलस्थित केएमी अस्पतालमा असार २५ गते निधन भएको हो । उनी मिर्गौला रोगी भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यता सिन्धुपाल्चोकको पाँचपोखरी–६ का अर्का ४५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । गत २२ असारमा पाटन अस्पताल भर्ना भएका उनको २५ असारमा मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि