बैशाख २३, २०८१, आइतबार
               

भारतीय च्यानल बन्द गरेकाेमा एमएसओलाई सरकारकाे धन्यवाद

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई सरकारले धन्यवाद दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर धन्यवाद दिएकाे हाे । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी धन्यवाद दिँदै आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

भारतीय सञ्चार माध्यमले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचार प्रकाशन गरेपछि विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूले शुक्रबार साँझदेखि भारतीय च्यानल बन्द गरेका हुन् । 

यो पनि