बैशाख ०८, २०८१, शनिबार
               

नेपालमा भारतीय न्यूज च्यानल बन्द

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका छन् । 

एमएसओले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्यूज च्यानलको प्रसारण रोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो । डिशहोम, विभिन्न केवल सेवाप्रदायक र आईपीटीभी सेवा प्रदायकहरुबाट वितरित टेलिभिजन प्रशारणमा यस किसिमको रोक लागेको हो ।

टेलिभिजनबाट प्रशारण हुने च्यानलमाथि प्रतिबन्ध लागेपनि फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जाल तथा एपहरूबाट हुने त्यस्ता च्यानलको प्रसार माथि प्रतिबन्ध लगाउने कार्य भने चुनौतिपूर्ण छ । 

हाल नेपालमा ३० लाख टेलिभिजनका ग्राहक छन् भने सामाजिक सञ्जाल प्रयोगकर्ता करोडमाथि छन् । टेलिभिजन सेवाप्रदायकहरूले सामाजिक सञ्जाल तथा एपमार्फत समेत त्यस्ता टेलिभिजन च्यानलमाथि प्रतिबन्ध लगाउन सरकारलाई सुझाव दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि