बैशाख २२, २०८१, शनिबार
               

मनसुनका कारण निष्क्रिय भयाे सलह किरा

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेका सलह कीराका बथानहरू गत १३ गते शनिबार बिहान नेपाल प्रवेश गरे ।

सलहले एक सातामा ५ वटा जिल्लामा बढी क्षति पुर्‍याएको छ । करिब ६ पटकमा ८० लाखसम्म सलह किरा नेपाल पसेको र धेरै बथानमा छुट्टिएर विभिन्न ठाउँमा पुगेको प्लान्ट क्वारेन्टाइन तथा व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार हालसम्म सलहले ५ जिल्लामा १ हजार हेक्टरभन्दा बढी जमिनमा मकै, भटमास धान र फलफूलमा क्षति पुर्‍याएको जानकारी प्राप्त भएको छ ।

‘केन्द्रले कृषि ज्ञान केन्द्र, स्थानीय तहका प्राविधिक र किसानहरूसँगको समन्वयमा क्षतिको विवरण संकलन गरिरहेको छ’ सुवेदीले खबरहबसँग भने, ‘५ वटा जिल्लाको विवरण प्राप्त भएको छ, जसमा १ हजार ११८ हेक्टर जमिनको बालीमा सलहले क्षति पुर्‍याएको देखिन्छ ।’

हालसम्म ५३ भन्दा बढी जिल्लामा सलह कीरा प्रवेश गरे पनि बथान बनाएर करिब २७ जिल्लामा पुगेको र केही ठाउँमा सामान्य क्षति पुर्‍याएको उनले बताए ।

सुवेदीका अनुसार सलहका झुण्डहरू अहिले कर्णालीका विभिन्न जिल्लामा पुगेको जानकारी प्राप्त भएको छ । ती स्थानमा क्षति पुर्‍याएको जानकारी भने आएको छैन ।

मनसुनी वर्षामा अनकूल वातावरण नभएकाले सलह क्रियाशील हुन नपाएको उनले बताए । पानीले पखेटा भिजेपछि सलह उड्न सक्दैन र निष्क्रिय हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि