असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा थपिए ४२ संक्रमित

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका २८ जना सहित उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा काठमाडौंमा १५, भक्तपुरमा १, ललितपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौंमा १२, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि