जेठ ०५, २०८१, शनिबार
               

सेती नदी बस्तीमा पस्यो, ४२ घर डुबानमा

नेपाल फ्ल्यास
असार २६, २०७७

सेती नदीमा पानीको सतह बढेको छ । पोखरा–१० रामघाटको खोँचबाट पानी सहज तरिकाले निष्कासन हुन नस्क्दा आसपासका बस्ती जोखिममा परेको छ ।
ADVERTISEMENT

तनहुँ । लगातारको वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा ४ र वडा ८ मा सेती नदी पसेको छ । सेती नदीले ४२ घर डुबानमा परेका छन् ।

वडा नम्बर ४ का अध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार वडा ८ का १४ घर र वडा ४ का २८ घरमा डुबानमा परेको छ ।

'दिउँसो भएकाले धन जनको क्षति हुन भने पाएन । चौपायाको समेत उद्धार गर्न सकियो । बिहान बर्षाले उद्धारमा कठिनाइ त भयो । अहिले केही हदसम्म रोकिएको छ पानी,' उनले भने ।

उनले मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताए ।  

 ‘स्थानीयलाई हिमाली सामुदायिक भवनमा सारेका छौँ । बिहानको खाना खुवायौँ । बेलुकीको खाना पनि व्यवस्था गर्छौं । त्यसपछि नगरपालिकाले के गर्ने भन्ने निर्णय गर्छौं', उनले भने ।


कस्तो लाग्यो ?

यो पनि