असोज ०६, २०८१, आइतबार
               

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक डुबानमा

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडाैं । देशभर बाढी पहिरो गई क्षति पुर्‍याइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजार डुबानमा परेको छ ।

ती र सुरौंदी खोला पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका हुन् । डुबानका कारण  सो क्षेत्रका वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घर डुबानमा परेका छन्  । 

 गाउँ नै डुबानमा परेपछि १ सय ५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । 

बस्तीभित्रै छिरेको सो खोलाले केही चौपायालाई बगाएको छ । तर, क्षतिको यकिन विवरण भने आउन बाँकी छ । सो क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको तनहुँ प्रशासनले बताएको छ । 

यतिखेर उद्धारका लागि नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि  डुबान क्षेत्रमा खटिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि