असोज ०६, २०८१, आइतबार
               

सुनले लेखेको बुद्ध धर्मग्रन्थ बिक्री गर्न खोज्ने ६ जना पक्राउ

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले बिहीबार ६ जनालाई पक्राउ गरेको छ । 

बुद्ध धर्मग्रन्थ बिक्री हुँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रउ गरेको हो । 

पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काठमाडौंका राजेन्द्रबहादुर जोशी र नुवाकोटका रोशन तामाङ छन् । 

प्रहरीले उनीहरुलाई सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पाना बिक्री गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । 

टोलीले सुनौलो अक्षरले लेखिएको बुद्ध धर्म ग्रन्थका १६ पाना बरामद गरेको जनाइएको छ ।

उनीहरुले सो धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न लागेका थिए । 

यो पनि