असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकाका थप ५ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौैं । बिहीबार काठमाडौं उपत्यकामा थप ५ जना कोरोना संक्रमित थप भएका पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका २ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंकै १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी ५ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हाे । 


कस्तो लाग्यो ?

यो पनि