असोज ०६, २०८१, आइतबार
               

आज पाँच हप्तायता कै कम संक्रमित, बुधबार १०८ जना मात्र संक्रमित

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या १६ हजार ५३१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ५८८ नमुनाको पिसिआर परिक्षण गर्दा  कुल पिसिआर परिक्षणको संख्या २ लाख ७१ हजार २४५ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि