जेठ ०६, २०८१, आइतबार
               

नयाँ नक्साको विरोध गर्दै भारतले कूटनीतिक नोट पठाएको खुलासा

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा–लिपुलेक–कालापानीसहित समेटेर जारी गरेको नयाँ नक्साप्रति असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको खुलासा भएको छ ।

नेपाल सरकारले गत जेठ सात गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको आधिकारिक (राजनीतिक एवं प्रशासनिक) नक्सा सार्वजनिक गरेको थियो ।

त्यसपछि प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक (संविधानको दोस्रो संशोधन विधेयक) जेठ ३१ गते पारित गर्‍यो ।

नयाँ नक्साको आकृति सहितको निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधन गर्ने समयमा भारतले कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

परराष्ट्र स्रोतका अनुसार, नेपालले सार्वजनिक गरेको नयाँ नक्साप्रति असहमति जनाउँदै भारतले नेपाल सरकारलाई कूटनीतिक नोट पठाएको थियो ।

परराष्ट्र मन्त्रालयले भने भारतले पठाएको कूटनीतिक नोटबारे केही जानकारी दिएको छैन । तर स्रोतका अनुसार असारको पहिलो साता तिर भारतले पठाएको कूटनीतिक नोट आइपुगेको थियो ।

यसैबीच, राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज (बिहीबार) बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताए । 

उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले गत असार १० गते कूटनीतिक नोट पठाएको रहेछ ।’

यसअघि भारतले कालापानीसहितको क्षेत्र समेटेर भारतको नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाल सरकारले त्यसमा असहमति जनाउँदै भारतलाई कूटनीतिक नोट पठाएको थियो।

दुई देशबीचको सीमा विवाद समाधानका लागि नेपालले लगातार वार्ताका लागि प्रस्ताव गरे पनि भारतले वार्ता गर्न आलटाल गर्दै आएको छ।

लिम्पियाधुरा-लिपुलेक विवाद किन ?

नेपालको नक्सामा रहेको कालापानी र लिपुलेक क्षेत्र भारतको नियन्त्रणमा छ । भारतको नियन्त्रणमा रहेको लिम्पियाधुरा यसअघि नेपालको नक्सामा पनि थिएन ।

नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीका अनुसार भारतले सहमति जनाएपछि लिपुलेकसम्म क्षेत्र समेटेर २०३२ सालमा नेपालको नक्सा सार्वजनिक गरिएको थियो ।

तर भारतले लिम्पियाधुराबारे असहमति जनाएपछि त्यसलाई तत्कालका निम्ति नक्सामा समावेश नगर्न आदेश आएपछि त्यतिखेर लिम्पियाधुरा बाहेकको नक्सा बनाइएको उनी बताउँछन् ।

नेपालको पश्चिमी सीमा निर्धारण गरेको सन् १८१६ को सुगौली सन्धी अनुसार काली नदी कुन हो भनेर परराष्ट्रसचिवको तहमा निर्क्योल गर्न बाँकी छ ।

भारतले कालापानीमा फौज बसेको स्थान नजिकको सानो खोल्साबाट निस्केको खोलालाई काली भन्ने गरेको नेपाली अधिकारीहरू बताउँछन् ।

यो पनि