बैशाख १५, २०८१, शनिबार
               

बाह्रबिसेका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढी–पहिरोमा घाइते भएका चार जनालाई काठमाडौँ ल्याइएको छ।

बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ ल्याइएको हो ।

शुवेश तामाङ र सविता बस्नेतलाई कैलाश एयरको हेलिकोप्टरमा र फुर्वा तामाङ र १० महिनाका शिशुलाई माउन्टेन एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

घाइते चार जनामध्ये दुई जनाको हेम्स अस्पताल र २ जनाको कैलाश अस्पतालमा उपचार भइरहेको छ । 

यो पनि