असोज ०६, २०८१, आइतबार
               

डुबानमा जनकपुरका अधिकांश गाउँ

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

जनकपुरधाम । गएराति परेको वर्षाका कारण जनकपुरको अधिकांश ठाउँ डुबानमा परेको छ । नगर क्षेत्रभित्र पानीको निकास नभएकै कारण अधिकांश ठाउँ डुबानमा परेको हो ।

गत वर्ष जनकपुर नगरक्षेत्रभित्र एसियाली विकास बैंक (एडिबि) को सहयोगमा निर्माण भएको सडकमा पानीको उचित व्यवस्थापन भएको छैन । जनकपुरधाम उप महानगर पालिकाको रामानन्द चौक, पिरारी टोल, धत्ता टोल, अगनीकुण्ड् टोल, बैकुण्ठ नगरलगायतको ठाँउ डुबानमा परेको छ ।

उप महानगरपालिकाको  वडा ७ स्थित मुशहरी र मेस्तर टोलको घर घरमा पानी पसेको छ। वार्डका लगभग २ दर्जन घरभन्दा बढ़ी मेस्तर परिवारको घरमा पानी पसेको छ । वडा ७ को मुसहरी प्रत्येक वर्ष पानी र वर्षाले गर्दा प्रभावित हुँदै आएको छ । सड़कमा पानी जमेर हिँड्नसमेत समस्या हुने गरेको स्थानीय संजय यावदले बताए ।

सामान्य पानी पर्दा पनि सड़कमा ३ देखि ४ फिटसम्म पानी जमेको छ । पानीको तत्काल निकासका लागि जिम्मेवार पक्षले ध्यान दिनुपर्ने यादवले बताए । पानी घरभित्र पसेपछि तत्काल दुइ दर्जन परिवारलाई उद्धार गरी वडा ७ को विद्यालयमा राख्ने तयारी अगाडि बढाइएको वडा ७ का अध्यक्ष जानकिराम साहले जानकारी दिए । वडा ७ का अध्यक्ष जानकिराम साहका अनुसार यो वडाको बजेटले समस्या समाधान न हुने भएकोले आफुले उप मेयरलाई जानकारी गराइसकेका छौँ । स्थानीय राजेन्द्र माझीले रातिदेखि परेको पानीका घर डुबानमा परे पनि अहिलेसम्म मेयर र उपमेयरले वास्ता नगरेको बताए । माझीले भने, ‘चुनावको बेला भोट लिन सबै आउँछन् । तर, समस्या परेको बेला कोही आउँदैनन् ।’


कस्तो लाग्यो ?

यो पनि