मंसिर ०७, २०८१, शुक्रबार
               

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १० वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

दमौली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विकलाई बुधबार म्याग्दे गाउँपालिका–३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा निज विकलाई जिल्ला अदालत तनहुँले विसं २०६७ कात्तिक १३ गते ६ वर्ष कैद र रु ४५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

विकलाई जिल्ला अदालत पेश गरिएकोमा बाँकी रहेको ६ वर्ष कैद तथा तोकिएको जरिवाना भुक्तानीको लागि बुधबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि