असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा थपिए २३ कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंका १६ जना, ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।

पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र संक्रमण बढ्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार २१ गते ३० जना, २२ गते ५४ जना र २३ गते २८ जना नयाँ संक्रमित थप भएका थिए भने आज २३ जनामा संक्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि