असोज ०६, २०८१, आइतबार
               

थप २५३ जना कोरोनामुक्त, कुल ७ हजार ७५२ पुग्यो

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा बुधबार थप २५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २५३ जना कोरोनामुक्त भएको जानकारी दिए ।

यो सँगै नेपालमा हालसम्म ७ हजार ७५२ जना उपचारपछि निको भएका छन् । यो कुल संक्रमितको ४७ प्रतिशतभन्दा बढी संख्या भएकाे मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार हाल २५ हजार ४० जना क्वारेन्टाइनमा छन् भने ८ हजार ६३६ जना आइसोलेसनमा छन् । 


कस्तो लाग्यो ?

यो पनि