असोज ०६, २०८१, आइतबार
               

बुधबार थपिए २५५ जना संक्रमित

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २५५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या १६ हजार ४२३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५३ जना डिस्चार्ज भएका छन् भने हालसम्म ७ हजार ७५२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ६९६ नमुनाको पिसिआर परिक्षण गर्दा  कुल पिसिआर परिक्षणको संख्या २ लाख ६६ हजार ६५७ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि