असोज ०६, २०८१, आइतबार
               

सभामुख सापकोटाको शल्यक्रिया, खर्च आफैंले व्यहोरे

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको तिलगंगा आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।

बुधबार उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । 

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान बजे शल्यक्रिया गरेको हो ।

उपचारमा लागेको सम्पूर्ण खर्च राज्यकोषबाट नलिई सभामुख सापकोटा स्वयंले व्यहोरेको उनको सचिवालयले जनाएको छ ।

केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो ।

यो पनि