जेठ ०५, २०८१, शनिबार
               

मास्क नलगाउने ६४ जना पक्राउ

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

सिरहा । मास्क नलगाई हिँड्ने ६४ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । 

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक (शारीरिक) दूरी पालन गर्न सरकारले आग्रह गर्दै आएको छ ।

सरकारको उक्त आग्रह सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी संक्रमण रोग ऐन, २०२० अनुसार कारवाही सुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । 

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताएयो । 


कस्तो लाग्यो ?

यो पनि