जेठ ०६, २०८१, आइतबार
               

अपराध महाशाखाको सेवा बानेश्वरबाट

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका–१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन सुरु गरिएको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण सुरु गरिएकाले आइतबार बानेश्वरबाट महाशाखाले सेवा दिन सुरु गरेको जानकारी दिएको हो ।

महाशाखाले हाल बैंकिङ कसुर, ठगी, वैदेशिक रोजगारी, साइबर अपराध, चोरी, डकैती, गुण्डागर्दी, वन्यजन्तु तथा बहुमूल्य काठको तस्करीलगायतका मुद्दामा अनुसन्धान तथा कारवाही गर्दै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि