जेठ ०५, २०८१, शनिबार
               

पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगको सरकारालाई सुझाव

नेपाल फ्ल्यास
असार २१, २०७७

ADVERTISEMENT

काठमाडौं । पीसीआर परीक्षणलाई तीव्रता दिन मानव अधिकार आयोगको आग्रह गरेको छ । 

आयोगले कोरोना संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न  र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको हो । 

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाजस्ता घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्ने बताउँदै सरकारलाई यस्तो आग्रह गरेको हो । 

‘पीसीआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई मानवअधिकार आयोग पुनः आग्रह गर्दछ,’सो विज्ञप्तिमा भनिएको छ, कोभिड–१९ को संक्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको अवस्थामा उपत्यकाका ढलहरुमा समेत कोरोनाको भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

आयोगले यसअघि पनि पटकपटक कोरोना रोकथाम तथा नियन्त्रणका लागि सतर्कता अपनाउन सुझाव दिँदै आएको छ । 

यो पनि