काठमाडौं । काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ ।
सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल (सीएमडीएन) ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो ।
संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरेर परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको तथ्य सार्वजनिक गरेको हो ।
सीएमडीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. दिवेश कर्माचर्याको नेतृत्वमा गरिएको अनुसन्धानले यस तथ्य पत्ता लगाएको हो ।
यसको मतलब समुदायमा कोरोना संक्रमित मान्छेहरु छन भन्ने रहेको उनले जानकारी दिए ।
उनले अरु ठाउँमा दिशामा पनि कोरोना संक्रमण देखिएकाले काठमाडौंमा देखिन्छ कि देखिदैँन भन्ने अध्ययन गर्दा ढलमा समेत कोरोना देखिएको बताए ।
जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले उपत्यकाको ढलमा कोरोना भाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको तथ्यलाई पुष्टि गर्नु भएको बताए ।
दीक्षितले यस अनुसन्धानले समुदायमा परिक्षण एकदमै आवश्यक देखिएको बताए ।
काठमाडौंमा सामाजमा कोरोना भाइरस फैलाएको छ कि छैन भन्ने बहस गरिरहँदा यस तथ्यले छ भनेर संकेत गरेको उनले बताए ।