काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।
शिशुलाई गत आइतबार उपचारका लागि उदयपुरबाट कान्ति बाल अस्पताल ल्याइएको थियो।
शिशुको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो ।
कान्ति बाल अस्पतालमा पहिलोपटक कोरोना संक्रमण देखिएको हो । यसअघि अस्पतालमा आउने अन्य बिरामी बच्चाहरुको पनि स्वाब परीक्षणको लागि पठाइने गरिएको थियो ।
शिशुलाई कोरोना पुष्टि भएसँगै बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।
अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले शिशुको अवस्था भने सामान्य रहेको बताए ।
शिशुमारगतको कमी, ज्वरो आएको लगायतका समस्या देखिएपछि उनलाई आइसोलेसनमा राखिएको थियो ।
आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।
अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड र टिम बनाएकाले संक्रमण देखिए पनि अस्पताल सूचारु रहेको डाक्टर पौडेलले बताए ।