जेठ ०३, २०८१, बिहीबार
               

सिराहाको लहान नगरपालिकाका गाउँ डुबानको जोखिममा

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सिराहाको लहान नगरपालिका–४ मा बाँध कटान हुन थालेपछि दुई गाउँ जोखिममा परेका छन् ।  

सो बाँध कटान हुन थालेपछि लहान नगरपालिका–४ स्थित इस्लामपुर र सुन्दरपुर गाउँ डुबानको जोखिम परेका हुन् । 

अविरल वर्षासँगै बलान नदीमा आएको बाढीले बस्तीनजिकै कटान गर्न थालेपछि ती बस्तीमा जोखिम बढेको बताइएको छ । 

बाढीले इस्लामपुर नजिकको बाँधलाई आधा कटान गरेसँगै ती गाउँका स्थानीयवासी त्रसित बनेका छन् । 

नदीमा आएको बाढीले आफ्नो बहाव परिवर्तन गरी गाउँनजिकै बाँध कटान गर्न थालेकाले गाउँ डुबानमा पर्ने जोखिम बढ्ेको स्थानीयवासीले बताएका छन् । 

बस्ती छेउमै करिब ७० मिटर बाँध कटान भइसकेको स्थानीय मो गफुरले बताए । उनले भने, ‘जसका कारण पूरै बस्ती नै जोखिममा परेको छ, समयमै नियन्त्रण नभए ठूलै समस्या हुन सक्छ ।’

 साथै, उनले तत्कालै बाँध कटान रोक्न पहल गर्नुपर्ने पनि बताए ।  

यता स्थानीयवासीले सूचना दिएलग्तै कटानस्थलको निरीक्षण गरी कटान रोकथामका लागि पहल गरिरहेको लहान–४ का वडाध्यक्ष रामनाथ पण्डितले जानकारी दिए । 

यसबारे नगरप्रमुखसहित प्रहरी प्रशासनलाई जानकारी गराइसकेको वडाध्यक्ष पण्डितले बताए । दुवै बस्तीमा करिब ६२ परिवारको बसोबास छ । 

यो पनि