जेठ ०३, २०८१, बिहीबार
               

सरकारले क्यान्सर र मधुमेहका बिरामीको कोरोना परीक्षण गर्ने

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले क्यान्सर, डायविटिज (मधुमेह) जस्ता बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । 

यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियूमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर  गौतमले बताए । 

सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

यसैबीच, गएको २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो । 

नेपालमा एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो ।

योसँगै कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । 

कोरोना संक्रमणका कारण काठमाडौं बानेश्वरका एक पुरुषको मृत्यु भएको उनले जानकारी दिए । 

योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि