जेठ ०३, २०८१, बिहीबार
               

कोरोना संक्रमणबाट बानेश्वरका एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण काठमाडौंमा एक पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोरोना संक्रमणका कारण बानेश्वरका एक वृद्धको मृत्यु भएको हो ।

८५ वर्षीय पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उनी उच्च रक्तचाप र पार्किन्सनको बिरामी रहेको बताइएको छ । छाती दुखेपछि र पिसाब कम हुने समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि