जेठ ०३, २०८१, बिहीबार
               

नेपालमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । गएको २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो । 

नेपालमा एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो ।

योसँगै कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। 


कस्तो लाग्यो ?

यो पनि