जेठ ०३, २०८१, बिहीबार
               

जीपको ठक्करबाट एकको मृत्यु

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीमा भजनी नगरपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

भजनी ५ मा म १ च ४९२ नम्बरको जीपले ठक्कर दिँदा भजनी ७ का ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भजनीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका लोनियाको उपचारका क्रममा भजनी स्वास्थ्यचौकीमा मृत्यु भएको हो । 

जीप चालक गोदावरी नगरपालिकाका विमल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि