मंसिर ०७, २०८१, शुक्रबार
               

आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

रोल्पा । रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले बुधबार झुण्डिएर आत्महत्या गरेका थिए । 

उनी असार १० गते दुबईबाट आएर घर नजिकै आफ्नै गोठमा एक्लै बस्दै आएका थिए ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए ।

उनको मृत्युपछि स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

संक्रमतिको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको कार्य सुरु भएको बताइएको छ । उनीहरु सबैलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि