धनगढी । कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरू सबै जना रिपोर्ट नआएकाे भन्दै क्वारेन्टाइनबाट भागेर घर गएका हुन् ।
भारतबाट आएकामध्ये र्आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
पिसिआरुका लागि उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पाेट नआएको भन्दै ५९ जना क्वारेन्टिनबाट भागेर घर गएका थिए । भागेकामध्ये ३३ जनामा संक्रमण देखिएकाे हाे ।