मंसिर ०७, २०८१, शुक्रबार
               

हत्या अभियोगमा पूर्वमन्त्री आलमका सहयोगी पक्राउ

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका फरार एक आरोपी १३ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका-६ का ३४ वर्षीय शेष सराज छन् । बिहीबार उनलाई नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएकाे प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा आरोप लागेका अन्य ८ जना अझै फरार छन् । शेख इद्रिसको गोठमा बम विस्फोट गराई मानिसलाई इँटाभट्टामा जलाइएको मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलम गत कात्तिकदेखि नख्खु जेलमा छन् ।

२०६४ साल चैत २७ गते आलमको निर्देशनमा शेख इद्रिसको गोठमा बम बनाउँदा बनाउँदै विष्फोट हुँदा तीन जनाको घटनास्थल मै मृत्यु भएको थियो भने विष्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै पोलेर हत्या गरिएको अभियोगमा कांग्रेस नेता आलमका सहयोगी सराज पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । साथै उनले प्रारम्भिक बयानकाे क्रममा कांग्रेस नेता आलमकाे निर्देशनमा घाईते र मृतकलाई ट्याक्टरमा लोड गरी इँटाभट्टामा जलाएकाे कुरा स्वीकार गरेकाे प्रहरीले जनाएकाे छ । 

 

 


कस्तो लाग्यो ?

यो पनि