काठमाडाैं । फरक-फरक मुद्ददामा तनहुँबाट एकै दिन पाँचजना पक्राउ परेका छन् । प्रहरीले सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार भएका एक प्रतिवादी र ठूलाे परिणममा लागू औषध ओसारपसार गर्ने अन्य चारजनालाई प्रहीले एकैदिन पक्राउ गरेको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस्ने लक्ष्मण श्रेष्ठलाई प्रहरीले २२ वर्षपछि पक्राउ परेका हो ।
मंगलबार प्रहरीले श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरेको हो । चितवन जिल्ला अदालतले विसं २०५५ असार १४ मा एक वर्षको सजाय तोकेसँगै उनी फरार भएका थिए ।
त्यसैगरी प्रहरीले तनहुँकै आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट गाँजासहित चार युवालाई पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–५ बस्ने २४ वर्षीय मुस्कान पङ्गेनी र २५ वर्षीय तेजबहादुर गुरुङ तथा पोखरा महानगरपालिका–३२ बस्ने २२ वर्षीय रुपेश गुरुङ र २३ वर्षीय आकाश गुरुङ रहेका छन् ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नं को मोटरसाइकल जाँच गर्ने क्रममा पङ्गेनी र तेजबहादुरलाई खानतलासी गर्दा प्रहरीले निजका साथबाट दुई किलो तीन सय ग्राम अवैध गाँजासहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।