असोज ०६, २०८१, आइतबार
               

असार ३०सम्म एसईई नतिजा पठाउन समन्वय इकाइलाई बोर्डको निर्देशन

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ३० सम्मा एसईई नतिजा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

परीक्षा बोर्डले कोभिड–१९ का कारण रोकिएको एसईईको नतिजा आन्तरिक मूल्यांकनका आधारमा तयार पारी असार मसान्तसम्म पठाउन  शिक्षा विकास तथा समन्वय इकाईहरूलाई निर्देशन दिएको हो ।

बोर्डको निर्देशनमा भनिएको छ, ‘शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाइएको प्राप्ताङ्क तालिका भिडाई, प्रयोगात्मक र सैद्धान्तिक अंक भरे नभरेको, पूर्णाङ्कअनुसार मिले नमिलेको तथा विवरण प्राप्त भएका विद्यार्थीहरूको राजस्व दस्तुर बुझाए नबुझाएको यकिन गरी तीनैप्रति प्रमाणित गरी सफ्टकपि अपलोड गर्ने र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाएको प्राप्ताङ्क तालिकाको एक प्रति विद्यालय कोडको क्रम मिलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा छिटो साधनद्वारा पठाउनु पर्नेछ ।’ 

बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ को आधारमा नतिजा तयार पार्न निर्देशन दिएको छ । 

मूल्याङ्कन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएको छ । 

यो वर्ष देशभरिबाट चार लाख लाख ८२ हजार २१९ विद्यार्थी एसईई परीक्षा दिनबाट वञ्चित भएका छन् । 

२०७६ चैत्र ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि