जेठ ०६, २०८१, आइतबार
               

नेप्से ६ प्रतिशतले बढेपछि सेयर बजार बन्द

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेप्से परिसूचक ६ प्रशितले बढेपछि मंगलबारको सेयर बजार बन्द भएको छ । दोस्रोपल्ट पोजिटिभ सर्किट हानेर खुलेको तीन मिनेट नबित्दै कुल ६.०६ प्रतिशतले बढेपछि बजार बन्द गरिएको हो ।

दिउँसो १ बजे नेप्से ७२.०५ अंकले बढेर १२६०.७५ अंकमा पुगेको थियो । यस अवधिमा बजारमा २२ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

दुई महिनापछि खुलेको सेयर बजारमा सोमबार नेगेटिभ सर्किट लागेको थियो । त्यसपछि बजार सम्हालिएको थियो । 

मंगलबार भने कारोबार सुरु भएदेखि नै लगानीकर्ता उत्साहित देखिए । बजारमा कारोबारमा आएका कम्पनीहरुको मूल्य धमाधम बढ्न थालेपछि ४७ मिनेटमै पहिलो सर्किट लाग्यो । त्यसपछि १२ बजेर १७ मिनेटमा दोस्रो सर्किट लाग्यो ।

कारोबार सुरु भएको १ घण्टाभित्रमा नेप्से परिसूचक ४ प्रतिशतले घटबढ हुँदा २० मिनेटका लागि कारोबार स्थगित हुन्छ । 

त्यस्तै, कारोबार सुरु भएको दुई घण्टाभित्रमा नेप्से परिसूचक ५ प्रतिशतले घटबढ हुँदा ३० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि ६ प्रतिशतले नेप्से परिसूचक घटबढ भए पुरै दिनका लागि कारोबार स्थगित हुने व्यवस्था रहेको छ ।

सर्किट लागेर बजार बन्द हुनुअघि १ सय ३४ कम्पनीका ४ लाख ८९ हजार कित्ता सेयर किनबेच भए । नेपाल स्टक एक्स्चेन्जका अनुसार ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेका छन् । यस्तो अन्य  १६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले उकालो लाग्यो ।

गुमाउनेमा नेपाल पुनर्बिमा कम्पनी र ओरियन्टल होटल्सका लगानीकर्ता रहे । दुवै कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । मंगलबार समूहगत परिसूचकतर्फ होटल र म्युचुअफ फन्ड समूहका परिसूचक ऋणात्मक बने ।

जीवन बिमा समूहको परिसूचक भने करिब १० प्रतिशतले बढेको छ । ट्रेडिङ, बैंकिङ र निर्जीवन बिमा समूहमा पनि उल्लेख्य सुधार आयो ।


कस्तो लाग्यो ?

यो पनि