जेठ ०६, २०८१, आइतबार
               

४ इन्सपेक्टरसहित कोरोना संक्रमित प्रहरीको संख्या ८० पुग्यो, ४८ जना क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । मुलुकका विभिन्न २५ जिल्लाका ८० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । ४३ जना भने डिस्चार्ज भइसकेका छन् ।

प्रहरीमा पनि संक्रमितको संख्या बढ्दै गएको र उपलब्ध भएसम्म स्वास्थ्य सतर्कता अपनाएर काम गरिरहेको प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए ।

संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् ।

यस्तै, दैलेखका ९, सुर्खेतका ५, काठमाडौंका ५, बाजुराका ३, कञ्चनपुरका ३, जुम्लाका २,डोल्पा २ महोत्तरीका २, जाजरकोटका १, अछामका १ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ महिला र ७८ पुरुष छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ४८ जना प्रहरी क्वारेन्टाइनमा छन् ।


कस्तो लाग्यो ?

यो पनि