मंसिर ०७, २०८१, शुक्रबार
               

गण्डकीमा फेरि थपिए १७ संक्रमित

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा मगंलबार विहान थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरु कास्कीको पोखराका ७ जना, मादीका एक जना, तनहुँका ५ जना , लमजुङमा ३ जना र स्याङजाका एक जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सबै संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

मंगलबा बिहान थप १७ कोरोना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९६६ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त भइ घर फर्कनेको संख्या २१४ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि