जेठ ०६, २०८१, आइतबार
               

ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी ३० वर्षीय पुरुषको शनिबार नै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । तर  उनकाेको स्वाब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताए । 

उनले भने, “उहाँमा लामो समयदेखि श्वासप्रश्वासको समस्या रहेछ । अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको कोभिड आइसियू भर्ना भई केही समयपछि भेन्टिलेटरमा राखिएको छदेखि सात घण्टामा मृत्यु भएको थियो ।”

ती व्यक्तिले काठमाडौं आउनुअघि तराईको अस्पतालमा छातीको उपचार गराइरहेको गेलालको भनाइ छ । उनको उपचारमा खटिने र परिवारका सदस्य गरी आठदेखि नौजनालाई हाल आइसोलेशनमा राखिएको उनले बताए ।  आजसम्म ललितपुरका नौ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि