जेठ ०६, २०८१, आइतबार
               

स्रोत नखुलेको ६५ लाखसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६५ लाख आठ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई आज काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो । 

पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि