जेठ ०४, २०८१, शुक्रबार
               

'एमससिसी स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय हो'

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

संयुक्त राज्य अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसिसी)  अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भएकाे बताएका छन्  ।

एमसीसी नेपालको संसदबाट अहिलेसम्म अनुमोदन नभएको बारेमा अमेरिका जानकार रहेको भन्दै अमेरिकी दूतावासले ५० करोड डलर अनुदान पाउने पहिलो कदम संसदबाट अनुमोदन हुनैपर्ने कुरा दोहोर्‍याएको छ-‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन ।यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

अमेरिका र नेपालबीच ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको भन्दै एमसिसी सम्झौता अन्तर्गतका परियोजनाले आर्थिक वृद्धिका माध्यमबाट गरिबी न्यूनीकरणमा मद्दत गर्ने बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि