जेठ ०६, २०८१, आइतबार
               

सोमबार थपिए ४७६ जना कोरोना संक्रमित, कुल १३ हजार नाघ्यो

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित थपिएका छन् । 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

डा. गाैतमका अनुसार मोरङका १ जना, सप्तरीका १५ जना, धनुषाका ६ जना, महोत्तरीका ४ जना, पर्साका १ जना, बागलुङका १४ जना, अर्घाखाँचीका ३८ जना, भक्तपुरका १ जना, धनकुटाका १ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

यसैगरी गोरखाका ५ जना, गुल्मीका २० जना, खोटाङका १ जना, पाल्पाका २६ जना,  पर्वतका १३ जना, प्युठानका ९ जना, रौतहटका १८ जना, रोल्पाका १ जना, रुपन्देहीका ५ जना, स्याङजका ८ जना, तनहुँका ९ जना, धादिङका २ जना, काठमाडौंका ६ जना, चितवनका ४ जना, कैलालीका ३० जनामा पनि संक्रमण पाइएकाे छ ।

यसैगरी बाराका ३ जना, मकवानपुरका १ जना, काभ्रेका १ जना, ललितपुरका १ जना, बाजुराका ९८ जना, कपिलवस्तुका २ जना, डोल्पाका २ जना, कालिकोटका २ जना, दाङका ५८ जना, रुकुमपश्चिमका १ जना र डोटीका ६९ जना संक्रमित थपिएकाे गौतमले जानकारी दिए ।       

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि