जेठ ०५, २०८१, शनिबार
               

आगलागीमा तीन वर्षीया बालिकाको मृत्यु

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी ती बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारको लागि लैजाँदै गर्दा  बाटोमै बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ । 

विद्युत् चुहावट भएर कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि