जेठ ०५, २०८१, शनिबार
               

सानेपाको स्टार हस्पिटलमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडौं : सानेपास्थित स्टार हस्पिटलमा शनिवार मृत्यु भएका युवकमा कोभिड १९ पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

शनिबार हस्पिटलमा निमोनियाबाट ग्रस्त रौतहटका युवकको मृत्यु भएको थियो । स्वास्थ्य अवस्था निकै जटिल भइसकेको अवस्थामा उनलाई ल्याइएको थियो ।

मृत्यु भएका युवकको आरडिटी परीक्षण पोजेटिभ देखिएको थियो । शनिबार साँझ उपचारका क्रममा निधन भएपछि उनको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि टेकु पठाइएको थियो । आइतबार उनको पिसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

मृतकको उपचारमा संलग्न चिकित्सकसहित अस्पतालका पाँच कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि