काठमाडौं । आज जल तथा मौसम पूर्वानु महाशाखाले बिहानैदेखि राती १२ बजेसम्मको मौसमका गतिविधीबारे आम देशवासीलाई सतर्क रहन आग्रह गरेको छ ।
दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको पूर्वानु महाशाखाले जनाएको छ । यस्तै प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
यसैगरी राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको उल्लेख गरेको छ ।
प्रदेश १, प्रदेश २ ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको जनाएको छ ।