जेठ ०६, २०८१, आइतबार
               

‘विप्लव’ समूहका नगर इन्चार्जसहित ६ जना धनगढीबाट पक्राउ

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नगर इन्चार्जसहित ६ जना धनगढीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगर इन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा विप्लवनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंहसहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह छन् ।

उनीहरुलाई शंकास्पद गतिविधिमा संलग्‍न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ भने केहीलाई पुराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
 


कस्तो लाग्यो ?

यो पनि