जेठ ०६, २०८१, आइतबार
               

२४ जिल्लाका चार इन्सपेक्टरसहित ७५ जना संक्रमित, सवारी चेकिङमा झन् जोखिम बढ्यो

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । मुलुकका विभिन्न २४ जिल्लाका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । ४१ जना भने डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो समय प्रहरीमा पनि संक्रमितको संख्या बढ्दै गएको र आफूले उपलब्ध भएसम्म स्वास्थ्य सतर्कता अपनाएर काम गरिरहेको प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए ।

संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्युठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् ।

यस्तै महोत्तरीका २, जुम्लाका २, जाजरकोटका १, सुर्खेतका ४, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका १, काठमाडौंका ५ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ महिला र ७३ पुरुष छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ५० जना प्रहरी क्वारेन्टाइनमा छन् ।


कस्तो लाग्यो ?

यो पनि