जेठ ०४, २०८१, शुक्रबार
               

सहारा घरलाई घोडाघोडी नगरपालिकाको सहयोग

रासस
असार १४, २०७७

ADVERTISEMENT

कैलाली । मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित सहारा घरलाई  घोडाघोडी नगरपालिकाले सहयोग गरेको छ ।

नगरपालिकाले शनिबार ६५ हजारसहित तीन क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, एक बाकस तेल र एक बाकसअण्डा सहयोग गरेको हो ।

नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले  विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर सडकमा भौँतारिरहेकाहरुलाई सहारा दिएर घर एक उदाहरणीय पात्र बनेको बताए । 

सहारा घरका सञ्चालक बलबहादुर विष्टले घरमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषभि, खानेपानीलगायत विभिन्न समस्या रहेको बारे अवगत गराउँदै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिदिन अनुरोध गरेको छ  ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि