जेठ ०६, २०८१, आइतबार
               

दुर्घटनामा न्यूज २४ का पत्रकार कृष्ण पाण्डेको मृत्यु

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । सवारी दुर्घटनामा न्यूज २४ का पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको छ । रुपन्दहीस्थित न्यूज २४ का पत्रकार भनिएका कृष्णबाबु पाण्डेको मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको ड्राइभरमा गए राति भएको कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु भएको हो ।

बुटवलबाट मध्यराति पाण्डे घर फर्किएको बेला बा ७ च ६९५९ नम्बरको कार दुर्घटनाग्रस्त भइ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त कार पाण्डे आफैले चलाएको र कारमा उनी मात्रै सवार थिए । दुर्घटनामा गम्भीर घाईते भएका पत्रकार पाण्डेलाई उपचारको लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिएको थियो ।

तर, उनको उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पाण्डेको शव अहिले पोस्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

३० वर्षीय पाण्डे विगत ५ वर्षदेखि न्यूज २४ मा कार्यरत भएकाे प्रहरीले जनाएकाे छ । उनी पत्रकारिता र कलाकारितालाई समेत माध्यम बनाएर लामो समयदेखि सपरिवार बुटवलमा बस्दै आएको प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि