बैशाख २२, २०८१, शनिबार
               

सलह सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने सरकारकाे निर्णय

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

बुटबल । प्रदेश-५ सरकारले सलह किरा सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याएवापत २० रुपैयाँ दिने निर्णय गरेको हो ।

सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप उक्त रकम उपलब्ध गराउने भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जनाएकाे छ । 

सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको हाे । 

भारतको सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेकाे सलह किरा सामान्यतया दुई ग्रामको हुने यो सलह किराले एक दिनमा आफ्नो तौल बराबरको खानेकुरा खाने विज्ञहरू बताउछन् । 


कस्तो लाग्यो ?

यो पनि