जेठ ०६, २०८१, आइतबार
               

वडाध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं ।  रौतहटको एउटा नगरपालिकाका दुईजना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बौधीमाई नगरपालिकाका २ जना वडाअध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

नगरस्वास्थ सहसंयोजक राकेशकुमार यादवले शनिबार २ जना वडाध्यक्ष, केही कार्यपालिका सदस्य र केही कर्मचारी गरी १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार सार्वजनिक गरेको तथ्यांकमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि